दफा १९२
प्रमाण बुझ्ने कार्य सम्पन्न भएपछि सुनुवाई गर्नु पर्ने

(१) प्रमाण बुझ्ने कार्य सम्पन्न भएपछि अदालतले सामान्यतया एक महिनाभित्र मुद्दाको सुनुवाई गरी निर्णय गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम सुनुवाई गर्दा मुद्दाका पक्षहरूले आफैँ वा आपूmले नियुक्त गरेको कानून व्यवसायी वा वारिसमार्फत आफ्नो दाबी वा प्रतिरक्षा गर्न बहस पैरवी गर्न सक्नेछन् ।
(३) उपदफा (१) बमोजिम सुनुवाई गर्दा मुद्दामा थप कुराहरू स्पष्ट गर्नको लागि लिखित बहस नोट पेश गर्न अदालतलेआदेश गरेमा मुद्दाका पक्ष आफैँले वा निजले नियुक्त गरेको कानून व्यवसायी वा वारिसले अदालतद्वारा तोकिएकोअवधिभित्र लिखित बहस नोट पेश गर्नु पर्नेछ ।